आज देशैभरि हावाहुरीसहित विशेष वर्षाको सम्भावना
न्यूज ब्यूरो, काठमाडौं । आज देशैभरि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ । उनका अनुसार यस्तो सम्भावना अहिले बिहानैदेखि

२०७७ बैशाख १४ आइतबार, बिहान १०:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । आज देशैभरि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।
उनका अनुसार यस्तो सम्भावना अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा बढ्नेछ । हावाहुरी तथा वर्षाको सम्भावना तराई पहाड दुवै भेगमा उत्तिकै रहेको उनले बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…