प्रदेश २ को सबै जिल्लामा कोरोना परीक्षणको लागि विज्ञ परिचालन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का आठवटै जिल्लामा कोरोनाका शंकास्पद ठानिएकाका स्वाब संकलन गरी परीक्षण गर्न विज्ञ परिचालन गरिएको छ । नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन् । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्

२०७७ बैशाख १४ आइतबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का आठवटै जिल्लामा कोरोनाका शंकास्पद ठानिएकाका स्वाब संकलन गरी परीक्षण गर्न विज्ञ परिचालन गरिएको छ ।
नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन सुरु गरेका हुन् ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शंकास्पद ठानिएका एक हजार पाँच जनाको स्वाब संकलनमा खटिएको जानकारी दिए ।
शनिबारदेखि सिरहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन सुरु गरिएको छ । प्रदेश २ मा हालसम्म पाँच जना संक्रमित देखिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…