लकडाउनमा दीर्घ रोगीहरुको पनि औषधी नगरपालिकाले ल्याउँछ : मेयर बरबरिया
औषधी पाउन कठिन भएपछि नगरपालिकाले निःशुल्क रुपमा औषधी वितरण गर्ने बताए ।

२०७७ बैशाख १३ शनिबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको दीर्घ रोगीहरुको लािग औषधी नगरपालिकाले ल्याइदिने बताएका छन् ।
सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरुमा टिबी (क्षयरोग), क्यान्सर, दमा, ब्लडप्रेसर, मधुमेह (चिनीरोग) लगायतका रोगीहरुको लागि नगरपालिकाले औषधी व्यवस्थापन गर्ने बताएका छन् ।
लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्याश्यक औषधीको अभावमा स्वास्थ्य अवस्था झन खराव हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको तथ्याँक सँकलन गरी औषधी ल्याइदिने बताएका छन् ।
“लकडाउनको पालना गरे मात्र कोरोनाको सँक्रमण रोकथाम गर्न मदत पुग्छ, तर लकडाउनमा पनि अति आवश्यक औषधी जो की नजिकमा नपाएर सदरमुकाम जनकपुरसम्म जानुपर्ने बाध्यता छ । जनकपुरमा नभेटाए काठमान्डौंसम्म जाने बाध्यता छ तर यस्तोमा जाने कसरी ? यसको लागि हामीले उनीहरुको औषधी नगरपालिकाबाट ल्याइदिने निर्णय गरेका छौं ।”– उनले भने ।
उनले नगरभित्रका ती दीर्घरोगीहरुले नजिकको स्वास्थ्य सँस्थामा गएर आफूलाई चाहिने औषधीको विवरण लेखाउनुपर्ने बताउँदै तथ्याँक सँकलनपछि एकैपटक औषधी ल्याइने बताए ।
यसको लागि स्वास्थ्य सँस्थाका प्रमुख तथा कर्मचारीहरुलाई समेत तथ्याँक सँकलन तीव्र गतिमा गर्न निर्देशन दिएको बताए ।
त्यसको लागि तथ्याँक सँकलन हेतु नगरपालिकाको वडा नं. १ देखि ९ सम्म स्वास्थ्य स्वयंसेविका मार्फत, सूचना मार्फत नगरवासीलाई जानकारी गराएको बताए ।
उनले नगरभरिका यस्ता असमान्य रोगीहरुको औषधी नपाउने अवस्था सृजना भएपछि नगरपालिकाको कोषबाट औषधी ल्याएर वितरण गर्ने बताए । उनले दीर्घ रोगीहरुले मूल्य तिरेर मात्र भएपनि औषधी पाउन कठिन भएपछि नगरपालिकाले निःशुल्क रुपमा औषधी वितरण गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…