अति गरिबलाई टोलमै भोजन
निःशुल्क भोजनको लागि आज १ क्वीन्टल चामल, २५ किलो दाल, २० किलो प्याज सहयोगी हातहरुले सहयोग गरेको हो ।

२०७७ बैशाख १३ शनिबार, दिउँसो ४:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको ३३ औं दिन धनुषामा जागरुक एवम् समाजसेवी युवाहरुको समूहले गरिब, विपन्नलाई खाना खुवाएको छ ।
विगत कैयौं दिनदेखि निरन्तर रुपमा धनुषाको हँसपुर नगरपालिकाको विभिन्न वडामा खाना वितरण गर्दै आएका युवाहरुको समूहले आज हँसपुर नगरपालिकाको वडा नं. १ भगवानपट्टिमा निःशुल्क भोजन वितरण गरेको छ ।
सरकारले कोरोना भाइरसको सँक्रमणबाट जोगिन लगाएको लकडाउनमा केही समुदाय तथा व्यक्तिहरु पूर्ण रुपमा प्रभावित भएको भन्दै उनीहरुलाई लक्षित गरी दैनिक रुपमा खानाको व्यवस्था गरिदै आएको छ ।
प्रदेश नं. २ का प्रदेश साँसद एवम् गँगसागर सफाई अभियानका सँयोजक तथा समाजसेवी राम अशिष यादवको विशेष सहयोगमा भोजन वितरण गरिएको हो ।

स्थानीय दिपेन्द्र कापरी तथा स्थानीय समाजसेवी बलिराम कापरी, बिश्वनाथ कापरको सहयोग र उपस्थितिमा भोजन वितरण गरिएको हो ।
हंसपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष कामेशर कापरको सहयोग, प्याक नेपालका सुनिल कुमार यादव, अम्भु प्रसाद साह र रक्की प्रसाद साहको उपस्थितिमा निःशुल्क भोजन वितरण गरिएको हो ।
निःशुल्क भोजनको लागि आज १ क्वीन्टल चामल, २५ किलो दाल, २० किलो प्याज सहयोगी हातहरुले सहयोग गरेको हो ।
स्थानीय युवाहरु सुरेश कापर, अनित मंडल, रामकुमार कापर, किसन कापर तथा जयकुमार कापर लगायत युवाहरुले सक्रिय रुपमा खटेर गरिब, विपन्न, भोकाहरुलाई खाना खुवाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…