सिरहाका ६ पालिकामा थालियो पीसीआर टेष्ट
न्यूज ब्यूरो, सिरहा । सिरहाका ६ पालिकमा आजदेखि पीसीआर परिक्षण सुरु गरिएको छ । सिरहाको छिमेकी जिल्ला उदयपुरमा लागातार करोना संक्रमित भेटिन थालेपछि संभावित जोखिमलाई मध्यनजर गर्दै सिरहाको ६ वटा पालिकाहरुमा पीसीआर विधिबाट स्वाव टेष्ट थालिएको हो । सिरहाको लहान नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिक

२०७७ बैशाख १३ शनिबार, दिउँसो २:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका ६ पालिकमा आजदेखि पीसीआर परिक्षण सुरु गरिएको छ ।
सिरहाको छिमेकी जिल्ला उदयपुरमा लागातार करोना संक्रमित भेटिन थालेपछि संभावित जोखिमलाई मध्यनजर गर्दै सिरहाको ६ वटा पालिकाहरुमा पीसीआर विधिबाट स्वाव टेष्ट थालिएको हो ।
सिरहाको लहान नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, र अर्नामा गाँउपालिकामा स्वाव परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला १७ स्थानीय तहमध्ये बढी जोखिम अनुमान गरिएका ६ पालिकामा आजदेखि परीक्षण सुरु गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिए । ‘अहिले जिल्लाको ६ पालिकामा परीक्षण हुँदैछ, हामीले बढी जोमिख भएका ठाउँ खोज्दैछौं, त्यस्तो देखिए सो स्थानमा पनि परीक्षण थाल्छौं,’ प्रजिअ गुरागाईले न्यूज ब्यूरोसँग भने ।
जिल्ला प्रशासन कार्यालयले आआफ्ना नगरपालिका र गाँउपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेर आफ्नो स्वाव परीक्षण गराउन सबैमा आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…