मुख्यमन्त्री राउतको आग्रह : 'रमजान पर्वमा घरमै बसेर नमाज पढ्नुस्'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् । यस पर्वले बहुजातीय

२०७७ बैशाख १३ शनिबार, दिउँसो २:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।
शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् । यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग र्पुयाउने कामना समेत उनले गरेका छन् ।
विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्माबलम्बीलाई घरमै नमाज पढ्न तथा भीडभाड नगर्न उनले जारी गरेको विज्ञप्ती उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…