जहरीला तेल बाँडने उपर छानबिन हुनुपर्छ : विद्यार्थी नेता झा
खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखाला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् ।

२०७७ बैशाख १३ शनिबार, दिउँसो १२:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेपछि नेपाल विद्यार्थी सँघले छानविनको माग गरेको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीका अध्यक्ष आशुतोष झाले एक प्रेस विज्ञप्ति जारी गर्दै राहतमा बाँडिएको जहरीला तेल उपर छानबिन गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।
राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि आधा दर्जन व्यक्ति बिरामी परेपछि नेविसंघले यस्ता क्रियाकलपामा सँलग्नलाई कानुनको दायरामा ल्याउनुपर्ने माग उठाएका छन् ।
“आपतकालीन अवस्थामा जनस्वास्थ्यको विषय अति संवेदनशील हुन् जान्छ भन्ने कुरा यो कोभिड–१९ ले देखाएको छ ।महामारी नियन्त्रणगर्न अन्तर्राष्ट्रिय जगत लगायत देशहरु विफल भइरहेकोवेला, जनतालाई सुरक्षित तथा कुनैपनि अमानवीय समस्यबाट गुज्रिरन नदिन स्थानीय तहको सरकार र जनप्रतिनिधिसँग अपेक्षा राखिएको छ । अहिलेको अवस्थामा स्थानीयजनप्रतिनिधिहरुबाट कुनैपनि किसिमको असंवेदनशिलता जनताको स्वास्थ्य र भविष्यमाथि खेलवाड सावित हुनसक्छ । यस गम्भीरतालाई दृष्टिगत गर्दै यस संवेदनशील विषयमा तत्काल छानविनको र कारवाहीको मार्ग प्रशस्त गरेर सर्वसाधारण जनताको अभिभावकत्व निर्वाह गर्न स्थानीय जनप्रतिनिधिसँग माग गर्दछौं –” प्रेस विज्ञप्तिमा उल्लेख छ ।
व्यपारीसँगको मिलोमतोमा भ्रष्टाचार भएको हुन्सक्ने प्रवल सम्भावना बीच यस्तो अमानवीय कार्यको गम्भीरतालाई मध्यनजर गरेर नेविसंघ महोत्तरीले यस घटनामा सङ्लग्न सबै दोषीहरु माथी कडाईका साथ तत्कालै प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेको हो।
खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखाला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । खानेतेलबाट परिकार बनाएर खाँदा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको हो ।
यस सम्बन्धी प्रशासन, जनप्रतिनीधिहरु सम्मलित बैठक जारी रहेको छ । सोही वडामा एक जनाको आज मृत्यू भएपछि तेलकै कारण मृत्यू भएको बताइएको छ भने प्रहरीले पोष्टमार्टमको रिपोर्टपछि मात्र यथार्थ जानकारी आउने प्रतिक्रिया दिएको छ ।
मृतक अघिदेखि नै क्षयरोगका विरामी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…