मुस्लिम समुदायको रमजान आजदेखि सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपि

२०७७ बैशाख १३ शनिबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ ।
शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।
सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भएपनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरे ।
रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…