नेपालमा हालसम्म ११ कोरोना संक्रमित डिस्चार्ज
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा हालसम्म एघार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उपचार थालिएका क्रमशः ११ जना डिस्चार्ज भएका हुन् । नेपालको पाँचौ कोरोना संक्रमित बाग्लुङकी १९ वर्षीया युवती हिजोमात्रै घर फर्किएकी छिन् । उनी शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज

२०७७ बैशाख १३ शनिबार, बिहान ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा हालसम्म एघार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि उपचार थालिएका क्रमशः ११ जना डिस्चार्ज भएका हुन् । नेपालको पाँचौ कोरोना संक्रमित बाग्लुङकी १९ वर्षीया युवती हिजोमात्रै घर फर्किएकी छिन् ।
उनी शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनी बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आएकी थिइन् । एउटै जहाजबाट आएकी काठमाडांैकी १९ वर्षीया किशोरीलाई संक्रमण देखिएपछि उनको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनीसँगै आएकी काठमाडौंकी किशोरी यसअघि नै निको भएर घर फर्किसकेकी छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…