प्रदेश २ः सिरहातर्फका नाका शील !
भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ ।

२०७७ बैशाख १२ शुक्रबार, दिउँसो २:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ ।
उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुराईले जानकारी दिनुभयो ।
उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल उदयपुरतर्फबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए ।
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…