थप १ जनामा कोरोना पुष्टि, सँख्या ४८ पुग्यो !
संक्रमित मध्ये दशजना भने उपचारपछि घर फर्किसकेका छन् ।

२०७७ बैशाख ११ बिहीबार, राति ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । आज (विहिबार) मात्र ३ जनामा कोरोना पुष्टि भएपछि जम्मा सँख्या ४८ पुगेको छ । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको साँझ ७ः५० बजेसम्मको अपडेट अनुसार थप एक जनामा कोरोना पुष्टि भएको हो । दिउँसो सम्म २ जनामा पुष्टि भएकोमा साँझ थप एक जनामा पुष्टि भएको हो ।
आज साँझसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या ४८ पुगेको छ । यो आज बेलुकीको नयाँ पुष्टि भएको जनाइएको छ । मन्त्रालयको अनुसार, थप एक जना २६ बर्षिय पुरुषमा पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले गरेको अपडेट अनुसार, आजसम्म ९२०० जनामा गरिएको पिसिआर परीक्षणमा जम्मा सँख्या ४८ मा कोरोना पुष्टि भएको हो ।
हथुवागढीका एक २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।
संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन । यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।
संक्रमित मध्ये दशजना भने उपचारपछि घर फर्किसकेका छन् ।
आज दिउँसो जनकपुरका एक जना सहित उदयपुरकी एक महिलामा समेत कोरोना पुष्टि भएको हो । उनीहरुलाई उपचारको लागि अस्पतालमा राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…