'मिर्चैयाका लकडाउन प्रभावितले हालसम्म राहत नपाउनु दुःखद'
स्थानीय तहमा समन्वय अभाव र जनप्रतिनिधिको उदासिनताले राहत वितरणको काम प्रभावकारी देखिएको छैन ।

२०७७ बैशाख १० बुधबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित मिर्चैयाका गरिब तथा विपन्नले हालसम्म राहत नपाएकोमा दुःख व्यक्त गरिएको छ ।
नगरका गरिब, विपन्न तथा दैनिक ज्यालादारीमा निर्भर वर्गलाई हालसम्म पनि राहत उपलब्ध नगराइएको भन्दै समाजवादी पार्टी मिर्चैयाले दुःख प्रकट गरेको हो । पार्टीका नगर अध्यक्ष रामदयाल यादवद्धारा जारी विज्ञप्तिमा उचित समयमा लकडाउनबाट प्रभावितहरुले राहत नपाउँदा भोकभोकै बस्न बाध्य हुनुपरेको भनिएको छ ।
नगरपालिकाले पहिलो चरणमा प्रति वडा २५ घरपरिवारलाई राहत दिने भनिएपनि वास्तविक प्रभावितहरु भोकभोकै छन् । दोश्रो चरणको राहत वितरण कार्य हालसम्म अघि बढेको छैन ।
नगरपालिकाले गरिबको भोक मेटाउन नभई राहत वितरणको नाममा विध मात्र पूरा गरिररहेको अध्यक्ष यादवको आरोप छ । वास्तविक तथा बढी प्रभावितहरुलाई यथाशिघ्र राहत उपलब्ध गराउन विज्ञप्ति मार्फत् मागसमेत गरिएको छ ।
लकडाउनका कारण यतिबेला सर्वसाधारण प्रभावित बनेका छन् । लकडाउन अवधिमा हुने खाने परिवारलाई खासै असर नपरेपनि दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने गरिब तथा विपन्न परिवार बढी समस्यामा परेका छन् ।
उनीहरु खाद्यान्न अभावमा भोकभोकै बस्न बाध्य छन् । तर, स्थानीय तहमा समन्वय अभाव र जनप्रतिनिधिको उदासिनताले राहत वितरणको काम प्रभावकारी देखिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…