लकडाउन तत्काल खुल्दैन, घर जानेले प्रशासनसँग सम्पर्क गर्नुहोस् : प्रधानमन्त्री
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने स्पष्ट पारेका छन् । बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताएका हुन् । प्रधानमन्त्री ओलीले लकडाउनलाई केही ख

२०७७ बैशाख १० बुधबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने स्पष्ट पारेका छन् ।
बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गरेका थिए । लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…