कोरोना 'हटस्पट' बन्यो त्रियुगा क्षेत्र, घरबाट निस्कन निषेध
न्यूज ब्यूरो, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिद आसपासका क्षेत्रमा एक घरबाट अर्काे घरमा जान पनि प्रतिबन्ध लगाइएको छ । कोरोना संक्रमण २४ जनामा पुष्टि भएपछि तथा व्यापक रुपमा लिएपछि नियन्त्रणका लागि भुल्केस्थित मस्जिद क्षेत्रलाई सिल गरिएको उदयपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहर

२०७७ बैशाख १० बुधबार, दिउँसो १२:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिद आसपासका क्षेत्रमा एक घरबाट अर्काे घरमा जान पनि प्रतिबन्ध लगाइएको छ ।
कोरोना संक्रमण २४ जनामा पुष्टि भएपछि तथा व्यापक रुपमा लिएपछि नियन्त्रणका लागि भुल्केस्थित मस्जिद क्षेत्रलाई सिल गरिएको उदयपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढामगरका अनुसार, अहिले यस क्षेत्रमा एउटा अर्काेबाट अर्काे घरमा जान पनि प्रतिबन्ध लगाइएको छ भने संक्रमितहरूसँग नजिकको सम्पर्क गरेकाहरूको खोजी तथा स्वास्थ्य परीक्षण जारी छ ।
एकै समूहका २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उदयपुरको भुल्के कोरोनाको ‘हटस्पट’ बनेको छ । उदयपुरका २४ समेत गरेर नेपालमा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…