धनुषाधाममा १२ जनाकै आरडिटी निगेटिभ, सहायक सिडिओद्धारा अनुगमन
धनुषामा नगरपालिकामा जम्मा ३८ बेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा छ ।

२०७७ बैशाख ७ आइतबार, राति १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाधाम नगरपालिकामा शंकास्पद १२ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) किट मार्फत् परीक्षण गरिएको छ ।
धनुष मावि धनुषाधाममा सञ्चालित क्वारेन्टाइनमा रहेका ६ जना र होम क्वारेन्टाइन बसेका ६ जना गरी १२ जनाको आरडिटी टेस्ट गरिएको हो । उनीहरु सबैको रिपोर्ट निगेटिभ आएको छ ।
क्वारेन्टाइनमा रहेका ४ जनाको यसअघि नै आरडिटी परिक्षण भइसकेको र बाँकी दुईजनाको तथा होम क्वारेन्टाइनमा रहेका ६ जना गरी ८ जनाको आज परीक्षण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए ।
नगरपालिकामा हालसम्म १२ जनाको आरडिटी परीक्षण गरिएकोमा सबै रिपार्ट निगेटिभ नै आएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अशोक साहले बताए । यसअघि आरडिटी परीक्षण गरिएका ४ जनाको स्वाब संकलन गरी जनकपुर पठाइएकोमा पीसीआर परीक्षण रिपार्ट पनि निगेटिभ नै आएको ल्याब इन्चार्ज बसन्त मेहताले जनाए ।
धनुषामा नगरपालिकामा जम्मा ३८ बेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा छ । जसमध्ये २८ बेडको व्यवस्थापन विद्यालयमा तथा १० बेडको व्यवस्थापन प्राथमिक स्वास्थ्य केन्द्रमै गरिएको नगरप्रमुख बालेश्वर मण्डलले बताए ।
क्वारेन्टाइनको आज धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले अनुगमसमेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…