पर्सामा राहत लुट्ने पाँच जना पक्राउ
न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका छन् । पक्राउ परेकाहरुलाई वी

२०७७ बैशाख ७ आइतबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका छन् । पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
शनिबार पर्सागढी नगरपालिका ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…