नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन सक्दैन : प्रधानमन्त्री
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन नसक्ने विश्वास व्यक्त गरेका छन् । नेपाले कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले

२०७७ बैशाख ७ आइतबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन नसक्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाले कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने उनले बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा विशेष सतर्कता अपनाइएकाले कोरोनाले भयावह रुप लिने सक्ने अवस्था आफूले नदेखेको बताए ।
कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पुर्याइएको तथा संक्रमित र संक्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएको प्रधानमन्त्रीले जनाए ।
लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उनले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोडिन नहुनेमा जोड दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…