रौतहटमा हवल्दार सहित ४ प्रहरी घाइते !
घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते जवानहरुको अवस्था सामान्य छ।

२०७७ बैशाख ६ शनिबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा सशस्त्र प्रहरीको हवल्दार सहित ४ प्रहरी घाईते भएका छन् । सशस्त्र प्रहरी बस्ने घर भत्किदा ४ प्रहरी घाइते भएका छन।
शुक्रवार राति आएको भीषण हावाहुरीले घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएको हो ।भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा घाईते भएको हो ।
सो दुर्घटनामा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएको बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताएका छन् ।
असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेकाको बेला एक्कासि छाना उडाएर घर ढलेको निरीक्षक राइले बताए।
घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते जवानहरुको अवस्था सामान्य छ।
बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् ।
शुक्रवार आएको वर्षा र असिनाले रौतहटको बिभिन्न स्थानमा घर टहरा ,बालीनालीलाई ठूलो क्षती भएकोले स्थानीयहरुले सरकारसँग क्षतिपुर्तिका माग गरेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…