मस्जिदबाट ६ विदेशी धर्मगुरु नियन्त्रणमा
उनीहरु भारतको मुम्वई, पटना, इलाहावादलगायतबाट आएका हुन |

२०७७ बैशाख ६ शनिबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । कोरोनाको उच्च जोखिममा नेपाल समेत पुगेपछि सुरक्षा समितिले निर्णय गरे लगत्तै सुनसरीएका एक गाउँपालिकाको मस्जिदबाट ६ धर्मगुरुलाई नियन्त्रणमा लिएको छ ।
सुनसरीको हरिनगर गाउँपालिकामा रहेको एक मस्जिदबाट ईलाका प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली गराउने निर्णयपछि प्रहरीले गरेको खोजीका क्रममा घुस्की मस्जिदमा आश्रय लिएर बसेका छ जना विदेशी फेला परेको आजको गोरखापत्रमा समाचार छ ।
घुस्की पूर्वतर्फ रहेको नेपाल भारत सीमा नजिकको शिकारी टोल कवरत मस्जिदमा आश्रय लिन आएका मुस्लिम धर्मगुरु रहेको जमातीहरुलाई नियन्त्रणमा लिएर कोरोना सक्रमण भए नभएको आवश्यक परीक्षणका लागि रामनगर भुहाटा लगिएको प्रहरीले जनाएको छ ।
उनीहरु भारतको मुम्वई, पटना, इलाहावादलगायतबाट आएका हुन यसैगरी उनीहरूसँगै दुईजना घुस्कीका स्थानीय रहेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य परीक्षण पश्चात् सबैजनालाई भुटाहा जेनरल अस्पतालमा रहेको क्वारेन्टाईनमा राखिएको प्रहरीलाई उदृत गर्दै गोरखापत्रमा समाचार प्रकाशित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…