वीरगञ्जमा एक हजारबढीको परीक्षण, कस्तो छ रिपोर्ट ?
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा तीनजना भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि झण्डै एक हजार व्यक्तिको परीक्षण गरिएको छ । कोरोना संक्रमित नागरिकको सम्पर्कमा आएका तथा त्यस क्षेत्रसहित पर्साका एक हजार बढीको कोरोना परीक्षण गरिएको हो । उनीहरुको प्रयोगशाला परीक्षण र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परक

२०७७ बैशाख ६ शनिबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा तीनजना भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि झण्डै एक हजार व्यक्तिको परीक्षण गरिएको छ ।
कोरोना संक्रमित नागरिकको सम्पर्कमा आएका तथा त्यस क्षेत्रसहित पर्साका एक हजार बढीको कोरोना परीक्षण गरिएको हो । उनीहरुको प्रयोगशाला परीक्षण र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परक्षिण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।
पर्सामा ८७ जनाको प्रयोगशालामा र नौ सय २३ जनाको र्यापिड टेस्टबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । त्यसमध्ये भारतीय संक्रमित व्यक्ति रहेको वीरगञ्जको छपकैया क्षेत्रमा नै चार सय जनाको परीक्षण गरिएको थियो ।
उनीहरुमा कोरोना संक्रमण कहाँबाट भयो भन्ने कुरा अझै अन्योलमा नै रहेको सहायक प्रजिअ बस्नेतले बताए । कन्ट्याक्ट ट्रेसिङको आधारमा क्वारेन्टाइनमा राखिएकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घरमा नै पठाउने निर्णय कोभिड–१९ कमाण्ड पोष्ट पर्साको बैठकले गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…