प्रहरीलाई हेडक्वार्टरको निर्देशन : 'छविमा आँच आउने व्यवहार नगर'
न्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यकर्मी तथा औषधि लिएर फर्किएका व्यक्तिलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई संयमित भएर काम गर्न निर्देशन दिएको छ । सात वटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई शुक्रबार १० बुँदे निर्देशन दिँदै जनगुनासो बढ्ने तथ

२०७७ बैशाख ६ शनिबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यकर्मी तथा औषधि लिएर फर्किएका व्यक्तिलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई संयमित भएर काम गर्न निर्देशन दिएको छ ।
सात वटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई शुक्रबार १० बुँदे निर्देशन दिँदै जनगुनासो बढ्ने तथा प्रहरीको छविमा आँच आउने व्यवहार नगर्न सचेत गराएको हो ।
प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले अब त्यस्ता गतिविधि हुन नपाउने गरी कार्यालय प्रमुख स्वयम् जिम्मेवार भई निर्देशन अक्षरसः पालना गराउन निर्देशन दिएका हुन् ।
लकडाउन कार्यन्वयनमा परिचालन पूर्व प्रहरी कर्मचारीहरुलाई अनिवार्य ब्रिफिङ गर्न, आवतजावतका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने पासको बारेमा अनिवार्य जानकारी गराउन, अत्यावश्यक सेवा अन्तरगत पर्ने तथा आवत जावत गर्न पाउनेहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउन र खटिने प्रहरी कर्मचारीलाई आफ्नो काम कर्तव्यको बारेमा बोध गराउन निर्देशन दिइएको छ ।
सर्वसाधारणलाई दुव्र्यवहार, कुटपिट अनावश्यक हैरानी जस्ता गतिविधि नगरि मानवोचित व्यवहार गर्न र आकस्मिक तथा काम विशेषले आवतजावत गर्नु परेमा कहाँ, कसलाई जानकारी गराउनु पर्ने हो सो सम्बन्धमा सर्वसाधारणलाई सञ्चारमाध्यमहरुबाट जानकारी गराउने व्यवस्था मिलाउन पनि परिपत्रमा भनिएको छ ।
अहिलेको प्रतिकूल परिस्थितिको गाम्भिर्यतालाई आत्मसाथ गरी प्रहरी कार्यमा सहयोग गर्न आग्रह गर्दै प्रहरी कर्मचारीबाट कुनै दुव्र्यवहारका घटना भए तत्काल खबर गर्न पनि आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…