आज चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
न्यूज ब्यूरो, काठमाडौं । देशका विभिन्न स्थानमा आज हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासी

२०७७ बैशाख ४ बिहीबार, बिहान ११:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । देशका विभिन्न स्थानमा आज हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी आज देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्यभन्दा अलि बलियै खालको आउने सम्भावना छ । उनले सतर्क रहन सबैलाई आग्रह गरेकी छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…