तराई–मधेशमा आज जुडशितल मनाइदै
यही दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ ।

२०७७ बैशाख २ मंगलबार, बिहान ८:०० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । एका विहानै टाउकोमा शितल जल थापेर तराई मधेशको विभिन्न क्षेत्रमा मनाइने जुडशितल पर्व आज (मँगलबार) विधिवत रुपमा मनाइदै छ ।
होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने चलन छ , तर यसपाली कोरोनाको महामारीका कारण घरभित्रै जुडशितल मनाउनुपर्ने बाध्यता पनि सृजना भएको छ ।
पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो, पानी र खरानी छ्यापेर खेलिने गरिएकोमा आधुनिकता हावि हुंदै जांदा यो पर्व लोपोन्मुख हुंदै गएको देखिएको छ ।
लोपोन्मुख हुंदै गएको मधेशको लोकपर्वको रुपमा रहेको जुडशितल पर्वलाई संरक्षण गर्ने उद्देश्यले तराई मधेशमा क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाने गरिएकोमा यसपाली महामारीले समेत कार्यक्रमहरु प्रभावित गरिएको छ ।
जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरु नलाग्ने वैज्ञानिक कारण रहेको छ भने, यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिना भरी शितलता प्रदान हुने जनविश्वास रहेको छ ।
थारु समुदायले यस पर्वलाई शिरुवा पर्वको रुपमा मनाउँदै आएको छ । विगतदेखि नै उनीहरुले यस पर्वलाई जीवन्त राखेका छन् ।
यसै विश्वासको साथ एक अर्कामाथि पानी र हिलो छ्यापेर जुड शितल मनाईएको छ ।
गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेको कारणले शुद्ध माटो जिउंमा मधेशमा नयाँ वर्षको दोश्रो दिन जुड् शितल लगाउंदा यो रोग निको हुने पौराणिक मान्यता अनुसार शुद्धमाटो र पानीले यो पर्व मनाइने गरिन्छ ।
शहरी क्षेत्रमा यो पर्व लोपोन्मुख हुंदै गए पनि अहिले पनि ग्रामिण क्षेत्रमा यस पर्वको बिशेष महत्व रहेको छ ।
बिहान घरको जेष्ठ व्यक्तिले आफु भन्दा कान्छाहरुको टाउकोमा बासी पानी हालि वर्ष भरि नै शितलता प्रदान होस भन्ने कामना गर्दछन् ।
जस अनुसार जनकपुर सहित आसपासको क्षेत्रमा बृद्ध बृद्धाहरुले आफु भन्दा कान्छोको टाउकोमा पानी छ्यापेर यो पर्व मनाईन्छ ।
जुडशितलको दिन बोट विरुवाहरुमा समेत पानी हाल्ने परम्परा रहि आएको छ ।
यो दिन पानी हाले भने वर्ष भरी नै रुख बोट बिरुवाहरुलाई तथा रुख विरुवाहरुबाट पनि शितलता प्रदान हुने गरेको जनविश्वास समेत रहिआएको छ ।
यही दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ ।
त्यसैगरि जुडशितलमा बासि भात र मानव शरीरको लागि अति नै स्वस्थ्यकर मानिएको चना र जौं को सतु तथा अन्य चिसो परिकारहरु खाने परम्परा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…