प्रदेश २ः थप एक युवकमा कोरोना पोजिटिभ !
गत चैत्त २० गते मात्र प्रदेश २ को वीरगँजमा ३ जना भारतीयमा कोरोना पोजिटिभ देखिएको थियो ।

२०७७ बैशाख १ सोमबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको प्रदेश नं. २ मा कोरोना सँक्रमितको सँख्या ४ पुगेको छ । यसैगरी नेपालमा कोरोना सँक्रमणको जम्मा सँख्या १४ पुगेको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको क्वारेन्टाईनमा रहेको एक १९ बर्षिय युवकमा कोरोना पोजिटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
भारतको दिल्लीबाट आएका ती युवक नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए भने स्वाब परिक्षणपछि कोरोना पोजिटिभ पाइएको उहाँले बताउनुभयो ।
सिडिओ घिमिरेका अनुसार युवकको परिवारमा बाबुआमा, श्रीमति र दुई भाई र एक बहिनी रहेका छन् । जानकारी अनुसार श्रीमति माइतमा रहेकी छन् भने उनी घर आउँदा परिवारसँग बसेका थिए ।
बाहिरबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नुपर्ने सरकारले लगाएको प्रावधान अनुसार उनलाई क्वारेन्टाइनमा राखिएको थियो । आज उनको रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको स्वाब परीक्षण गरिएकोमा ५ हजार ६ सय ७७ जनाको रिपोर्ट नेगेटिभ नै आएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्याँक अनुसार सोमबारसम्म सो परीक्षणमध्ये १४ जनामा पोजिटिभ देखिएको छ भने १ जना निको भइसकेको छ । १ सय ३ जनालाई अहिले पनि आइशोलेसनमा राखिएको छ ।
गत चैत्त ३० गते मात्र प्रदेश २ को वीरगँजमा ३ जना भारतीयमा कोरोना पोजिटिभ देखिएको थियो । प्रदेश २ मा अब सँक्रमितको सँख्या ४ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…