प्रदेश २ : अर्थ मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई दियो ३ गाडी
प्रदेश २ मा कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकार पूरै शक्ति लगाएर काम गरिरहेको पनि मन्त्री यादवले बताए ।

२०७६ चैत २९ शनिबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई तीनवटा गाडी उपलब्ध गराएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका सामाजिक विकास मन्त्रालयलाई गाडी दिइएको हो । सामाजिक विकास मन्त्रालय यतिबेला बढी सक्रिय रहनुपर्ने भएकाले सो मन्त्रालयलाई तीन गाडी उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय मातहतकका निकायहरुलाई आत्यावश्यक औषधी उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्री दुवानी, स्वास्थ्यकर्मीको स्वास्थ्य संस्थासम्म सहज आवतजावत गर्न सहज होस् भनेर गाडी दिएको मन्त्री विजय कुमार यादवले जानकारी दिए ।
प्रक्रिया पुर्याएर गाडी खरिद गर्दा ढिलो हुने र अहिले सामाजिक विकास मन्त्रालयलाई गाडीको अति खाँचो देखिएपछि आफ्नै मन्त्रालयका गाडी उपलब्ध गराएको उनले बताए । मन्त्री यादवले सामाजिक विकास मन्त्रालयलाई उक्त सवारी साधनहरुको अधिकत्तम परिचालन गरी कोरोना रोकथाम तथा नियन्त्रणको लागि गम्भीर भएर काम गर्न आग्रह गरे ।
प्रदेश २ मा कोरोना संक्रमण फैलिन नदिन प्रदेश सरकार पूरै शक्ति लगाएर काम गरिरहेको पनि मन्त्री यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…