विद्यार्थी जनमत संघको माग : 'काठमाडौंमा फसेका विद्यार्थीलाई राहत दिइयोस्'
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण अलपत्र बनेका विद्यार्थीहरुको उद्धारको लागि सरकारसँग माग गरिएको छ । विद्यार्थी जनमत संघले सरकारसँग यस्तो माग गरेको हो । काठमाडौंमा लकडाउनले फसेका विद्यार्थीहरुलाई

२०७६ चैत २९ शनिबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण अलपत्र बनेका विद्यार्थीहरुको उद्धारको लागि सरकारसँग माग गरिएको छ ।
विद्यार्थी जनमत संघले सरकारसँग यस्तो माग गरेको हो । काठमाडौंमा लकडाउनले फसेका विद्यार्थीहरुलाई खानसमेत समस्या भएको भन्दै संघले उनीहरुलाई तत्काल राहत वितरण गर्न माग गरेको छ ।
सरकारले यसमा विलम्व नगरी तत्काल यथोचित राहतको व्यवस्था गरेर दायित्व निर्वाह गर्नुपर्ने संघको धारणा छ । यस्तै, सरकारले गरेको एक महिनाको घर भाडा छुट दिनुपर्ने निर्णय कार्यान्वयन गर्न गराउन पनि संघको माग छ ।
संघले त्रिभुवन विश्वविद्यालयसँग सबै विभागको अनलाइन कक्षा सञ्चालन गर्नसमेत माग गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…