बैशाख ६ गतेसम्मका लागि सबै अदालत बन्द
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका सबै अदालतहरु वैशाख ६ गतेसम्मका लागि बन्द रहने भएको छ । सरकारले लकडाउनको अवधि बढाएपछि शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने निर्णय गरेको हो । लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन

२०७६ चैत २८ शुक्रबार, राति १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका सबै अदालतहरु वैशाख ६ गतेसम्मका लागि बन्द रहने भएको छ ।
सरकारले लकडाउनको अवधि बढाएपछि शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने निर्णय गरेको हो ।
लकडाउन खुलाएको तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो ।
शुक्रबारबाट तोकिएको अवधि सकिएपछि बैशाख ६ सम्म बन्द गर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…