स्वस्तिक पाठशालाले थाल्यो अनलाइनबाटै पठनपाठन
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले यत्तिबेला शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ । सरकारले भीडभाड नगर्न तथा शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएपछि पठनपाठन बन्द रहेको अवस्थामा देशका विभिन्न निजी विद्यालयहरुले अनलाइनबाट नै पढाउन सुरु गरेक

२०७६ चैत २८ शुक्रबार, दिउँसो १:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले यत्तिबेला शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ ।
सरकारले भीडभाड नगर्न तथा शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएपछि पठनपाठन बन्द रहेको अवस्थामा देशका विभिन्न निजी विद्यालयहरुले अनलाइनबाट नै पढाउन सुरु गरेको छ । देशका विभिन्न विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन भइरहँदा सिरहाको मिर्चैयामा रहेको स्वस्तिक पाठशालाले पनि अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।
पाठशालाले बुधबारदेखि कक्षा ९ र १० लाई लक्षित गरी अनलाइन कक्षा सञ्चालनमा ल्याएको हो । कक्षाका सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन सहभागी गराएर पठनपाठन थालेको पाठशालाका प्रधानाध्यापक महेश्वर बहादुर कार्कीले जनाए । पाठशालाले कक्षा ६ देखि १० सम्मको परीक्षा पनि अनलाइन नै लिएको छ ।
सरकारको आदेशलाई आत्मसात गर्दै क्वारेन्टाइनमा बसेका विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिलाउन पाठशालाले अनलाइनबाटै पठनपाठन थालेको सहायक प्रधानाध्यापक लक्ष्मण गिरीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…