२२ मोटरसाईकल नियन्त्रणमा
उनीहरुलाई जरिवाना सहितको कारवाही गरिने जनाइएको छ ।

२०७६ चैत २७ बिहीबार, दिउँसो १२:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सरकारले लगाएको लकडाउनमा पनि सवारी चलाउने उपर कारवाही स्वरुप २२ वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।
प्रदेश नं. २ को सप्तरी जिल्लााको शम्भुनाथ नगरपालिका वडा नं. ६ स्थित रहेको प्रहरी चौकी कठौनाले बाहिर निस्केका २२ मोटरसाईकललाई नियन्त्रणमा लिएको हो ।
लकडाउनमा पनि जथाभावी घर बाहिर निस्केका २२ मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही सुरु गरेको छ ।
सो क्रममा पूर्व पश्चिम राजमार्गमै कोही सँग हेल्मेट नभएको ३ जना सवार भएको, कागजपत्र समेत नभएकोहरुलाई समेत नियन्त्रणमा लिएको प्रहरी चौकी कठौनाले जानकारी दिए ।
आज (विहिबार) विहानैदेखि विहान १० बजेसम्म मात्र २२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्लाको आदेश अनुसार कारवाही गरिने जनाइएको छ ।
उनीहरुलाई जरिवाना सहितको कारवाही गरिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…