प्रदेश २ः सर्लाहीमा भेन्टिलेटर बिनाकै आईसोलेशन वार्ड
विरामी माथि शंका लागेको खण्डमा नजिकको आइसोलेसन वार्डमा रेफर गर्दा उपयुक्त हुने सांसद साहको भनाई छ ।

२०७६ चैत २६ बुधबार, दिउँसो १:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाहीमा बिना भेन्टिलेटरकै आइसोलेशन वार्ड तयार पारिएको छ ।
नेपालमा हाल सम्म ९ जना कोरोना सक्रमित विरामी फेला परिसकेकोले सर्लाही पनि उच्च जोखिममा रहेको हुदाँ कोराना सँक्रमनबाट बच्न सर्लाहीमा १५ शैयाको आईसुलेशन वार्ड निर्माण गरिएको छ ।
भारतिय सिमा नाकाहरु सँग जोडिएकोले पनि सर्लाही पनि कोरोना सक्रमणको उच्च जोखिमा रहेको हुदाँ सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा १५ शैयाको आईसुलेसन वार्ड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जिसिले बताउनुभयो ।
आईसलेशन निर्माण भईसकेकोले अब कोरोना संक्रमित विरामीको जिल्लामा नै उपचार गरिने प्रजिअ जिसिले बताउनुभयो ।
जिल्ला अस्पतालको लगानीमा तयार गरिएको आईसुलेशमा कोरोना संक्रमित विरामीलाई तत्काल उपचारको लागि आईसुलेशन तयार गरिएको जिल्ला अस्पतालको मेडिकल अधिकृत डा. अभिनाश कुमार सिंहले बताउनुभयो ।
त्यस्तै मलंगवा अस्पतालमा तयार गरिएको आइसोलेसन वार्ड नामको लागी मात्रै रहेको क्षेत्र नं. १ का संघिय सांसद प्रमोद साहले बताउनुभयो ।
आइसोलेसन वार्डको लागी चाहिने अति आवस्यक भेन्टिलेटर,स्टाफ नर्स, अनमी तथा सुइपर समेतका अभाव भएकोले आइसोलेसन वार्ड नामको लागि मात्र स्थापनन गरिएको सांसद साहले बताउनुभयो ।
आईसुलेसनमा वार्ड राख्न दक्ष जनशक्ति तथा भेन्टिलेटर आवश्यक भए पनि केहि पनि व्यवस्था नगरी त्यतिकै आईसुलेसन स्थापना गर्न आवश्यक नरहेको सांसद साहले थप्नुभयो।
क्वारेन्टाइनमा राखिएको विरामी माथि शंका लागेको खण्डमा नजिकको आइसोलेसन वार्डमा रेफर गर्दा उपयुक्त हुने सांसद साहको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…