सिरहामा लकडाउन उल्लंघन गर्ने २८ सवारी नियन्त्रणमा
न्यूज ब्यूरो, सिरहा । सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको बेला सिरहा प्रहरीले एम्बुलेन्ससहित २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले मंगलबार मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी

२०७६ चैत २५ मंगलबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सरकारले कोरोना भाइरसका कारण देश नै लकडाउन गरेको बेला सिरहा प्रहरीले एम्बुलेन्ससहित २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले मंगलबार मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सिरहा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाइएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिईएको प्रवक्ता घिमिरेले बताए ।
खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिनु परको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…