कक्षा ११ र १२ को परीक्षा बारे निर्णय लिइँदै
न्यूज ब्यूरो, काठमाडौं । कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने भन्ने विषयमा आज निर्णय गरिने भएको छ । परीक्षाबारे टुंगो लगाउन आज दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो । आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ । कक्षा १२ को परीक्ष

२०७६ चैत २५ मंगलबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने भन्ने विषयमा आज निर्णय गरिने भएको छ ।
परीक्षाबारे टुंगो लगाउन आज दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो । आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र कक्षा ११ को वैशाख २१ गतेबाट गर्ने निर्णय यस अघि नै बोर्डले गरेको थियो । कोरोना संक्रमण फैलिने डरको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भइसकेको छ ।
एसइई रोकिएकाले कक्षा ११ र १२ को परीक्षासमेत रोकिने सम्भावना रहेको स्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…