मधेशमा कोरोना विरुद्ध 'दिपावली'
कोरोनाको त्रासले यत्तिबेला विश्व नै त्रसित छ ।

२०७६ चैत २३ आइतबार, राति ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को विरुद्धमा आज मधेशका अधिकांश ठाउँमा दिपावली गरिएको छ ।
मधेशका अधिकांश जिल्लामा आइतबार साँझ ९ बजे ९ मिनेटसम्म दीप प्रज्वलन गरिएको हो । जनकपुरमा भने दीप प्रज्वलनसहित पटाखा पनि पड्काइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मैनवत्ति सहितको दिपावली गर्न र थाली पिट्न आग्रह गरेपछि यसले अन्य देशमा पनि समर्थन पाएको हो । दिपावली गरेपछि अंध्यारोबाट केही मिनट उज्यालो तर्फ जाने तथा सकारात्मक सोंच र त्रासलाई मनोबलमा परिणत गर्न सकिने भन्दै भारतीय प्रम मोदीले दिपावली मनाउन आफ्ना देशका नागरिकलाई अपिल गरेका थिए ।
मादीको अनुरोधलाई समर्थन जनाउँदै छिमेकी नेपालको मधेश भेगका सर्वसाधारणले पनि दिपावली गरेका हुन् । दीप प्रज्वलनले कोरोनासँग लड्ने मनोबल उच्च तथा बलियो बनाउने भन्दै मोदीले यस्तो गर्न अपिल गरेका थिए ।
दीप प्रज्वलन राम्रो भएपनि जनकपुरमा भने युवाहरुले चर्को आवाजका पटाखा पड्काएपछि सामाजिक सञ्जालमा केही टिक्काटिप्पनी समेत भएको देखिएको छ । कोरोनाको त्रासले यत्तिबेला विश्व नै त्रसित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…