सरकारलाई कांग्रेसले भन्यो : 'परीक्षणको दायरा बढाइयोस्, गम्भीर बनौं'
न्यूज ब्यूरो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय महिलामा कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएको विषयलाई गम्भीर रुपमा लिन र परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ । शनिबार एक स्थानीय महिलासँगै भारतबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि कां

२०७६ चैत २२ शनिबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय महिलामा कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएको विषयलाई गम्भीर रुपमा लिन र परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ ।
शनिबार एक स्थानीय महिलासँगै भारतबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि कांग्रेसले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना परीक्षणलाई व्यापक बनाउन आग्रह गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सतर्कता नपुगेकै कारण स्थानीय महिलामा संक्रमण देखिएको उल्लेख छ । समयमै अन्तर्रा्ष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने परीक्षणको दायरा नबढाएका कारण खतरा झन् बढ्दै गएको बताएका छन् ।
कांग्रेसले संक्रमित भएकाका परिवार, छरछिमेकी र साथीहरुको तत्काल परीक्षण गर्न माग समेत गरेको छ । कांग्रेसले बाहिरबाट आएका सबैलाई कडाइकासाथ क्वारेन्टिनमा राख्न, परीक्षण र उपचारलाई युद्धस्तरमा अगाडि बढाउन माग गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…