आगलागी पिडित परिवारलाई बागमतीको राहत सहयोग
रामकिशोर को ३लाख बराबर को समान जलेर पुर्ण रुप मा नष्ट भएको थियो ।

२०७६ चैत २२ शनिबार, बेलुकी ६:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिवनमा रहेको एक गैर सरकारी सस्थाले आगलागीबाट घरबार विहिन भएको पिडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।
विपत तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको बागमती सेवा समाजले सुक्रबार साझ हरिवन २अत्रौलीमा आगलागीबाट बिचल्लीमा परेका रामबाबू महतो ,लालबाबु महतो र रामकिशोर महतो सहित तीन घर परिवारलाई शनिवार बिहान समाजका अध्यक्ष भरत कुमार कार्कीले प्रदेश सभा सदस्य डिल्लि प्रसाद उप्रेती , नेकपा का नेता सुरेन्द्र लामा ,धनबहादुर मिक्चन ,रामहरी प्रसाईं बिधार्थी नेत्री आरती लामा हरिवन नगरकार्यपालिका सदस्य पानमाया ठोकर हरिवन का युवा समाजसेवी बिनेशकार्की युवराज भण्डारी लगायतको रोहवरमा राहत सामाग्री प्रदान गरिएको बागमती समाजले जनाएको छ ।
राहत सामाग्रीमा प्रति परिवार बराबर २५केजि चामल ,५केजि आलु ,१पोका नुन ,३केजि दाल ,त्यस्तै त्रीपाल ,ब्ल्यांकेट ,बाल्टिन ,जग १र१ थान प्रदान गरिएको वडा अध्यक्ष अर्जुन महतोले जानकारी दिनुभयो ।
त्यस्तै स्वास्थ्य सरसफाई को लागि १र१बकस किटसामाग्री साबुन मंजन का साथै अहिलेको अवस्था कोरोना भाईरस कोभिड १९बाट सुरक्षा प्रदान होस भनेर राहत वितरण कार्यमा उपस्थित स्थानियवासी सबैलाई माक्स समेत प्रदान गरिएको समाज का अध्यक्ष कार्की ले बताउनु भयो ।
सुक्रवार साझ विधुत सर्ट भै आगलागी हुदा रामबाबु र लालबाबु को घर पुर्णरुपमा र अर्का भाइ रामकिशोर को आंशिकरुपमा जलेर नष्ट भएको थियो ।
आगागी बाट घरबार विहिन भए पछि वडाले तत्काल वडा कार्यालयमा बस्ने व्यवस्था मिलाए पनि नगद ,अन्नपात, लताकपडा ,गरगहना सबै जलेर नष्ट भएर बिचल्ली मा परेका परिवार लाई समाज ले केही राहत सहयोग पुर्याएको प्रती पिडित परिवार मा केही राहत महसुस गरेका छन ।
आगलागी बाट रामबाबू को ३५लाख लालबाबु को १२लाख र रामकिशोर को ३लाख बराबर को समान जलेर पुर्ण रुप मा नष्ट भएको थियो ।
२०५०साल मा बागमती नदि ले बरहथवा राजघाट हजरिया सोल्टी लगायत को क्षेत्रमा पुर्याएको क्षति को बेला सामाजिक भावले गठन गरि काम गरेको क्लब पछि गैर सरकारी सस्था मा दर्ता भए संगै सर्लाही सहित प्रदेश दुई का ८वटै जिल्ला मा विभिन्न सामाजिक विकास विपद सरसफाई आय आर्जन जिवकोपार्जन लगायतको क्षेत्रमा समाजले काम गर्दै आएको छ समाजका कार्यकारी निर्देशक निरज भण्डारी ले बताउनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…