नेता निधिले ५ थान पीपीई धनुषा पठाए
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले व्यक्तिगत खर्चमा कोभिड १९ को उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराएका छन् । धनुषाको नगराइन नगरपालिकास्थित क्षेत्रीय क्वारेन्टाइनमा उपसभापति बिमलेन्द्र निधिले शुक्रबार स्वास्थ्यकर

२०७६ चैत २२ शनिबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले व्यक्तिगत खर्चमा कोभिड १९ को उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराएका छन् ।
धनुषाको नगराइन नगरपालिकास्थित क्षेत्रीय क्वारेन्टाइनमा उपसभापति बिमलेन्द्र निधिले शुक्रबार स्वास्थ्यकर्मीहरुका लागि ५ थान पीपीई उपलब्ध गराएका हुन् । नगराइन नगरपालिका वडा नं.५ गंगुलीमा चैत १२ गतेबाट क्वारेन्टाइन संचालनमा ल्याएपनि स्वास्थ्यकर्मीहरुलाई पीपीईको अभाव थियो ।
पीपीई नहुँदा बिरामीको उपचार गर्न कठिनाई भइरहेको अवस्थामा उपसभापति निधिले नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण र उपाध्यक्ष राकेश बिक्रम साह मार्फत सो क्वारेन्टाइनका संयोजक जुगेश्वर मण्डललाई पीपीई हस्तान्तरण गरेको हो ।
कोभिड १९ को संक्रमण फैलिन नदिन गत चैत १२ गतेदेखि क्वारेन्टाइन संचालनमा आएपनि स्वास्थकर्मीहरुलाई बिना उपकरणको मान्छेको चेकजाँच गर्न अप्ठ्यारो भइरहेको जानकारी आफूहरुले पाएपछि नेता निधिलाई फोन गरेर यसको बारेमा जानकारी गराउँदा तत्काल ५ थान पीपीई उपलब्ध गराएको तरुण दलका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।
नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको उपचारमा सुरक्षित भई सेवा गर्न सहयोग होस् भनेर ५ वटा पीपीई हस्तान्तरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…