उपचार नगर्ने डाक्टरको लाइसेन्स खारेज हुनसक्छ : स्वास्थ्य मन्त्रालय
न्यूज ब्यूरो, काठमाडौं । अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचा

२०७६ चैत २१ शुक्रबार, राति ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।
स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचार सेवालाई सहज रुपमा अघि बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह समेत गरेको छ ।
मन्त्रालयले कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवामा बाधा पुग्ने गरी गतिविधिमा लागेको पाइए भविष्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने तथा उनीहरुको पेशागत लाइसेन्ससमेत खारेज हुने स्पष्ट पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…