देशभर १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए । देशभर १२० जना आइसोलेसनमा

२०७६ चैत २१ शुक्रबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए । देशभर १२० जना आइसोलेसनमा छन् ।
अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जना उपचारको क्रममा छन् । संक्रमित सबै विदेशबाट आएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…