लकडाउन : कांग्रेस बाराका युवाहरुद्धारा हेल्पलाइन सेवा सञ्चालन
न्यूज ब्यूरो, बारा । नेपाली कांग्रेस बाराले लकडाउन अवधिमा प्रभावित सर्वसाधारणको सहजताको लागि टिम गठन गरेको छ । आजको बैठकले जिल्ला सचिव मनोज भट्टको संंयोजकत्व तथा नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारको सहसंयोजकत्वमा टिम निर्माण गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड

२०७६ चैत २० बिहीबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । नेपाली कांग्रेस बाराले लकडाउन अवधिमा प्रभावित सर्वसाधारणको सहजताको लागि टिम गठन गरेको छ ।
आजको बैठकले जिल्ला सचिव मनोज भट्टको संंयोजकत्व तथा नेविसंघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारको सहसंयोजकत्वमा टिम निर्माण गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनबाट प्रभावित सर्वसाधारणको लागि टिम निर्माण गरिएको जनाइएको छ ।
उक्त टिमले लकडाउनमा बढी प्रभावित बनेका ज्याला मजदुरी गरी छाक टार्ने गरिब विपन्नको लागि आवश्यक पहल गर्नेछ । टिममा अधिकांश युवाहरु छन् । लकडाउनमा जिल्लाका १६ वटै स्थानीय तहका सर्वसाधारणलाई कुनै किसिमको समस्य आए सो टिमले स्थानीय तह, प्रशासन अर्थात् सम्बन्धित निकायसँग पहल गरी समस्या समाधान गर्ने जनाइएको छ ।
त्यसका लागि सो टिमले हेल्पलाइन सेवा पनि उपलब्ध गराएको छ । लकडाउनमा समस्यामा परेकाले ९८४५०४१०३३ तथा ९८५५०४५७७ मा सम्पर्क गरी आफ्ना समस्या राख्न सक्नेछन् । कतैबाट कुनै गुनासो आए तत्कालै एक्सन लिएर जनताको समस्या समाधान गर्ने नेविसंघका राजेश रौनियारले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…