सीमामा अलपत्र नेपालीलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनका कारण नेपाल–भारत सीमामा अपलत्र परेका नागरिकलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट परेको छ । कोरोना भाइरसको त्रासका कारण नेपाल–भारत सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सी

२०७६ चैत १९ बुधबार, बेलुकी ७:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनका कारण नेपाल–भारत सीमामा अपलत्र परेका नागरिकलाई प्रवेश गर्न दिन माग गर्दै सर्वोच्चमा रिट परेको छ ।
कोरोना भाइरसको त्रासका कारण नेपाल–भारत सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सीमामा अलपत्र परेको र उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो । बुधबार अधिवक्ताहरु रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
अलपत्र परेका नागरिकहरुलाई नेपाल ल्याई कोरोनाको परीक्षण गर्ने, आइसोलेसनमा राख्ने वा क्वारेन्टाइनमा राख्ने एवं कसैलाई संक्रमण भएको पाइएमा उचित उपचारसमेत गराउन माग गरिएको छ ।
सरकारले उचित कदम नचाले सीमापारि रहेकाहरू जोखिमपूर्ण तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना रहेको र त्यसले झन् भयावह स्थिति निम्त्याउने रिटमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…