विदेशबाट आएका घरमा लाल (रातो) चिन्ह
साथै सङ्क्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने उहाँले बताउनुभयो ।

२०७६ चैत १९ बुधबार, दिउँसो ३:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँत्रासमा एक गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको घरमा रातो (लाल) चिन्ह लगाएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ ।
गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउलिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभयो ।
भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले बाहिरबाट आएका ५ सय जनाको पहिचान भइसकेको र उनीहरुको घर पहिचानका लागि अहिले सम्म ३ सय घरमा रातो चिन्ह राखिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।
विजयनगर गाँउपालिकाको वडा नं १ मा ५२ जना, २ मा ६० र ३ मा ५१ जनाको घरमा रातो चिन्ह लगाइ सकिएको छ भने वडा नंं. ४ मा ५९, ५ मा ७४, ६ मा ३७ र ७ मा ९५ जनाको घरमा रातो चिन्ह लगाउने कार्य जारी रहेको बताइएको छ ।
गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेपछि यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
रातो चिन्ह राखिएको घरको पहिचान हुनुका साथै सङ्क्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने उहाँले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…