स्वास्थ्य सेवाका कर्मचारीलाई विदामा नबस्न निर्देशन
न्यूज ब्यूरो, काठमाडौं । सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई विदामा नबस्न निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभागले मंगलबार सूचना प्रकाशित गरी कर्मचारीहरु विदामा बस्ने उपचारमा संलग्न नहुने गरेको जानकारी आएको हुँदा त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण अन्य बिरामी

२०७६ चैत १९ बुधबार, बिहान ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई विदामा नबस्न निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा विभागले मंगलबार सूचना प्रकाशित गरी कर्मचारीहरु विदामा बस्ने उपचारमा संलग्न नहुने गरेको जानकारी आएको हुँदा त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण अन्य बिरामीको समेत उपचार नगर्ने तथा स्वास्थ्यकर्मीहरु विदामा बस्ने गरेको समाचार सार्वजनिक भएपछि विभागले कडाई गरेको हो ।
विश्व्यापी महामारी भएको यस्तो अवस्थामा अन्य सबै स्वास्थ्य सेवाहरु सुचारु गर्नका लागि कुनै पनि कर्मचारी विदामा तथा काजमा नछोड्न र नियमित उपस्थित हुन विभागद्वारा निर्देशन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…