कोरोनाबाट नगरवासी जोगाउन दिनरात खटेका छौं : कान्छो मेयर
नागरिक सुरक्षाको लागि जनपद प्रहरी ३ जना र सशस्त्र प्रहरी समेत ३ जना परिचालन गरिएको छ ।

२०७६ चैत १८ मंगलबार, राति १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर (नेपालकै कान्छो मेयर) उदय कुमार बरबरिया (यादव) ले नगरवासीलाई कोरोनाबाट बचाउन अथक प्रयासरत रहेको बताउनुभएको छ ।
विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको सँक्रमणबाट जोगाउनको लागि हर एक सम्भव प्रयास जारी राखेको बताउनुभएको छ ।
उहाँले कोरोना सम्बन्धी उपचारको लागि नगरभित्रै ३० बेडको क्वारेन्टाइन कक्ष समेत निर्माण गरिएको बताउनुभएको छ । क्वारेन्टाइन आज (मँगलबार) देखि नै सुचारु भएको बताउनुभएको छ ।
शहिदनगर नगरपालिकाको वडा नं. ३ स्थित यदुकुहा बजार नजिकै रहेको जनता एकाई प्राविधिक माध्यमिक विद्यालयमा क्वारेन्टाइन कक्ष सुचारु गरिएको जनाइएको छ ।

बैदेशिक रोजागारीबाट बढीमा २ साता अघिदेखि हालसम्म आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नुपर्ने सरकारले गरेको निर्णयलाई अवलम्बन गर्दै क्वारेन्टाइन सुचारु गरिएको हो ।
शहिदनगरपालिकाभित्रको तथ्याँक अनुसार ९ वटै वडामा ८२ जना गत चैत्त १० गतेदेखि हालसम्म आएको जनाइएको छ । यद्यपी ३० बेडको तयार गरिसकेको छ भने थप बेड तयारी भईरहेको बताईएको छ ।
कोरोना सम्बन्धी उपचारमा कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत तैनाथ गरिएको छ । आज पहिलो दिन २ जना चिकित्सक, २ जना कार्यालय सहयोगी र ६ जना सुरक्षाकर्मी गरी ८ जना तैनाथ गरिएको जनाइएको छ ।

क्वारेन्टाइन सहित क्वारेन्टाइनमा बस्ने नागरिक सुरक्षाको लागि जनपद प्रहरी ३ जना र सशस्त्र प्रहरी समेत ३ जना परिचालन गरिएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुको लागि १ मिटरको दुरीमा ३० वटा बेड राखिएको छ । व्यक्तिगत चप्पल, ह्याण्डवास, साबुन, तौलिया सहित खाजा र खानाको समेत व्यवस्था गरिएको मेयर बरबरियाले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…