एक हजार लिटर अबैद्य मदिरा फालियो
जनकपुरधाम, ४ माघ । धनुषा प्रहरीको सक्रिया बढेसँगै लगत्तै विहिबार भारी मात्रामा अबैद्य मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी टोलीले एक हजार लिटर अबैद्य मदिरा नष्ट गरेको हो । विभिन्न समयमा स्थानीय होटल, बस, मालवाहक गाडीहरुमा चेकजाँचको क्रममा बरामद गरिएका उक्त परिमाणको मदिरा नष्ट गर

२०७४ माघ ४ बिहीबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ४ माघ ।
धनुषा प्रहरीको सक्रिया बढेसँगै लगत्तै विहिबार भारी मात्रामा अबैद्य मदिरा नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवर प्रहरी टोलीले एक हजार लिटर अबैद्य मदिरा नष्ट गरेको हो ।
विभिन्न समयमा स्थानीय होटल, बस, मालवाहक गाडीहरुमा चेकजाँचको क्रममा बरामद गरिएका उक्त परिमाणको मदिरा नष्ट गरिएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी ईन्चार्ज माधव प्रसाद काफलेको नेतृत्वमा गरिएको उक्त चेकजाँचकै क्रममा त्यतिको परिमाणका अबैद्य मदिरा विभिन्न समयमा बरामद गरिएको थियो भने उनकै नेतृत्वमा स्थानीय युवा, बुद्धिजीवी, अगुवा, नागरिक समाज, पत्रकार तथा राजनीतिक दलहरुको रोहबरमा ती मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…