मेडिकल कलेजहरुलाई सरकारको यस्तो निर्देशन
न्यूज ब्यूरो, काठमाडौं । कोरोना संक्रमणको उपचारकारकालािग सरकारले कडा निर्देशन जारी गरेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो । मन्त्रालयले मेड

२०७६ चैत १८ मंगलबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना संक्रमणको उपचारकारकालािग सरकारले कडा निर्देशन जारी गरेको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, २५ वटा हब अस्पताल, सबै तोकिएका अस्पताल र प्रादेशीक अस्पताल एवम् प्रदेश अन्र्तगर्तका सबै अस्पतालमा अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो । उनीहरुलाई मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न पनि भनेको छ ।
यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड क्लिनिकको अतिरिक्त अन्य आकस्मिक उपचार सेवाहरु साविक बमोजिम नै प्रदान गर्न निर्देशन दिएको बताए ।
साथै मन्त्रालयले त्यस्तो सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक मिलाउन पनि मन्त्रालयले निर्देशन जारी गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…