बाली झर्न थाल्यो, किसानलाई खेतमा जान दिइयोस् : सांसद यादव
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका सांसद प्रदीप यादवले किसानलाई खेतबारीमा जान दिनुपर्ने माग राखेका छन् । सांसद यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै खेतमा गहुँ, तेलहन तथा दलहन बाली पाकेर झर्ने बेला भइसकेको भन्दै किसानलाई निर्वाध खेतमा काम गर्ने वातावरण मिलाउनुपर्ने बताएका हुन् । बाली कटाई,

२०७६ चैत १७ सोमबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका सांसद प्रदीप यादवले किसानलाई खेतबारीमा जान दिनुपर्ने माग राखेका छन् ।
सांसद यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै खेतमा गहुँ, तेलहन तथा दलहन बाली पाकेर झर्ने बेला भइसकेको भन्दै किसानलाई निर्वाध खेतमा काम गर्ने वातावरण मिलाउनुपर्ने बताएका हुन् । बाली कटाई, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि अवरोध गर्न नहुने उनले बताएका छन् ।
खेत जोत्ने प्रयोजनका लागि किसानले ट्याक्टर लैजान पाउने, डिजेलको आपूर्ति सहज गरिदिनुपर्ने र कृषि गतिविधिका लागि कुनै पनि हस्तक्षेप नगर्न उनले माग गरेका हुन् । उनले किसानलाई पनि शारीरिक दुरी कायम गरी झुण्ड नबनाई काम गर्न सुझाव दिएका छन् ।
खेती किसानीमा वाधा अवरोध सिर्जना भएको किसानको गुनासो आएपछि आफूले विज्ञप्ति नै निकालेर आग्रह गरेको उनले उल्लेख गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…