रौतहटमा फेरी ८ वर्षीया बालिका बलात्कृत
न्यूज ब्यूरो, रौतहट । सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना नाबालिका बलात्कृत भएकी छिन् । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा फेरी एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी हुन् । यसअघि कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएकी थिइन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका

२०७६ चैत १७ सोमबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना नाबालिका बलात्कृत भएकी छिन् ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा फेरी एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी हुन् । यसअघि कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएकी थिइन् ।
फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । शनिवार राति घरबाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहले दिएको जानकारी अनुसार, बालिको स्वास्थ्य परीक्षण गरिएको छ । आरोपी नवल पाशवानमाथी बालयौन दुराचार सम्बन्धि मुद्दा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…