धनुषाको शहिदनगरमा स्वास्थ्यकर्मीलाई १० लाखको बीमा, एम्बुलेन्स निःशुल्क
स्वास्थ्यकर्मीहरुको लागि पिपिइ सहित क्वारेन्टाइन व्यवस्थापनका समाग्रीहरु स्वास्थ्यकर्मीहरुलाई प्रदान गर्नुभएको थियो ।

२०७६ चैत १७ सोमबार, दिउँसो १:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले आफ्ना नगरका स्वास्थ्यकर्मीहरुलाई १० लाख बराबरको बीमा दिने निर्णय गरेको छ ।
सँसारमा अहिले कोरोना भाइरसको महामारी फैलिएको भन्दै त्यस सम्बन्धि उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई १० लाखको बीमा घोषणा गरेको हो । नगर प्रमुख उदय कुमार बरबरियाको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट सो निर्णय गरिएको हो ।
आईतबार बसेको बैठकबाट कोरोना सम्बन्धि उपचारमा खटिने चिकित्सकहरुलाई प्रत्येक दिन ५०० रुपैयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय गरिएको हो ।
सरकारले लगाएको लकडाउन अवधिभरि स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।
शहिदनगर नगरपालिका स्तरीय गठित नोभल कोरोना भाइरस लक्षित समन्वय समितिका सँयोजक समेत रहनुभएका नगर प्रमुख बरबरियाले क्वारेन्टाइनसम्म, प्रादेशिक अस्पतालसम्म एम्बुलेन्स सेवा निःशुल्क गर्ने निर्णय गर्नुभएको हो ।
यसअघि मेयर बरबरियाले आफ्ना नगरका स्वास्थ्यकर्मीहरुको लागि पिपिइ सहित क्वारेन्टाइन व्यवस्थापनका समाग्रीहरु स्वास्थ्यकर्मीहरुलाई प्रदान गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…