जनकपुरः मनाइएन चैत्ते छठ, आस्थामा पीडा
१८ गतेसम्म तोकिएको थियो भने आईतबार पुनः २६ गतेसम्मको लागि अवधि बढाएको हो ।

२०७६ चैत १७ सोमबार, दिउँसो १:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष मनाउँदै आएको धार्मिक आस्थाको पर्व चैत्ते छठ यसपाली घरमै मनाइएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सँक्रमणलाई मध्यनजर गर्दै जनकपुरमा प्रत्येक वर्ष मनाइने चैत्ते छठ समेत पोखरीमा मनाउन पाएको छैनन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरवासीमा कोरोना सँक्रमण र सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै कुनै पनि पोखरी तलाउमा छठ नमाइदिन आग्रह गरेको छ ।
छठ पर्वको क्रममा पोखरी वा तलाउमा हुन सक्ने सम्भावित भीडलाई मध्यनजर गर्दै छठ नमनाउन आग्रह गरिएको हो । प्रशासनले घरमै कुनै व्यवस्था मिलाएर छठ पर्व मनाउन आग्रह गरेको हो ।
यतिबेला जनकपुरमा लकडाउन नभएको भए जनकपुरको रौनकता, छठको मधुर गीतले मगमग हुन्थ्यो । महामारीमा सबैलाई प्रशासनले घरभित्रै बस्न आग्रह गरेको छ ।
सरकारले लकडाउन १८ गतेसम्म तोकिएको थियो भने आईतबार पुनः २६ गतेसम्मको लागि अवधि बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…