कोरोनाविरुद्ध खटेकालाई सबैलामा २५ प्रतिशत प्रोत्साहन भत्ता
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकाले कोभिड १९ को संक्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारीसहित सुरक्षाकर्मीलाई नगरपालिकाले तलब बमोजिम २५ प्र

२०७६ चैत १६ आइतबार, राति १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकाले कोभिड १९ को संक्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारीसहित सुरक्षाकर्मीलाई नगरपालिकाले तलब बमोजिम २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो । जनताको निम्ति आफ्नो ज्यानको प्रवाह नगरी खटेकालाई थप प्रोत्साहन गर्न भत्ता दिने निर्णय गरेको नगरप्रमुख विजयशंकर प्रसाद साहले जानकारी दिए ।
नगरप्रमुख साहले नगरबासीलाई नआत्तिन र संयमित भएर आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै घरमै बस्न अनुरोधसमेत गरेका छन् ।
यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर नगरपालिकाको सबै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा सचेतना फैलाउने गरिरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…